दफा ४८
कानूनी व्यक्ति गाभिएमा हक वा दायित्व सर्ने

(१) कुनै कानूनी व्यक्ति कुनै कारणले अर्को कानूनी व्यक्तिसँग गाभिएमा त्यस्तो व्यक्तिको हक वा दायित्व त्यसरीगाभिदाका बखत निर्धारण भए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम निर्धारण नभएकोमा अर्को व्यक्तिसँग गाभिने कानूनी व्यक्तिको हक वा दायित्व गाभिएको कानूनीव्यक्तिमा सर्नेछ ।